लाहोर- कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा वृद्धि हुँदै गएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरू बन्दको घोषणा गरिएको छ।
सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणाअनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन्। घोषणामा शैक्षिक संस्था अर्को वर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ।
शैक्षिक संस्थाहरु बन्द हुनेभएपछि अहिले तय गरिएका सबै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। रासस