काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ५५ लाख नाघेको छ।बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ५५ लाख ५२ हजार ५ सय ५ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड १३ लाख ४२ हजार ४ सय ९५ पुगेको छ। त्यस्तै भारतमा ८८ लाख ७४ हजार २ सय ९०, ब्राजिलमा ५९ लाख ११ हजार ७ सय ५८ र रुसमा १९ लाख ५४ हजार ९ सय १२ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार १३ लाख ३६ हजार ७ सय ९३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ४८ हजार ४ सय ६८, ब्राजिलमा १ लाख ६६ हजार ६ सय ९९, मेक्सीकोमा ९८ हजार ८ सय ६१, बेलायतमा ५२ हजार ८ सय ३९, इटालीमा ४६ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।
विश्वभर तीन करोड ५७ लाख ३० हजार ५ सय १० जना संक्रमणमुक्त भएका छन्। बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५३ लाख ५८ हजार २ सय ९९, अमेरिकामा ४२ लाख ९३ हजार ६ सय ४०, रुसमा १४ लाख ६५ हजार ५१ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख ११ हजार ४ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ७९ हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय २ सय ४७ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८८ लाख ७४ हजार २ सय ९० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३० हजार ५ सय १९ पुगेको छ। भारतमा हालसम्म ८२ लाख ९० हजार ३ सय ७० जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ६१ हजार ८२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार १ सय ९३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २४ हजार ८ सय ३४ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ३६ हजार ६ सय ८४ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार २ सय ५४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ५२ हजार ८ सय ९५ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४३ हजार ६ सय २८ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ३८ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार १ सय ६० जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ३ सय ५५ जना रहेको छ। मृत्यु हुनेको संख्या ४५ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ।
श्रीलंकामा संक्रमितको संख्या १८ हजार ७५ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ६६ छ भने निको हुनेको संख्या १२ हजार २ सय १० रहेको छ।
भुटानमा संक्रमितको संख्या ३७७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३५५ छ।