रोमनिया- कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको रोमानियाको एक अस्पतालमा आगलागती हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ। आगलागीका कारण अरु केही गम्भीर घाइते भएका छन्।
उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो। बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन्। उनलाई आर्मीको विमान मार्फत राजधानी लगिएको छ।
विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले स्थानीय सञ्चारमाध्यमले बताएका छन्।
सो अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ।