एजेन्सी– बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि ५० हजारभन्दा बढी मृत्यु हुने बेलायत पहिलो युरोपेली मुलुक हो।
पछिल्लो २४ घण्टामा ५ सय ९५ जनाको मृत्यु भएसँगै बेलायतमा मृत्यु हुनेको संख्या ५० हजार ४ सय ५७ पुगेको हो। बुधबार बेलायतमा २२ हजार ९ सय ५० संक्रमित थपिएका छन्।
इङल्याण्डमा १९ हजार ९ सय ७०, स्कटल्याण्डमा १ हजार २ सय ६१, वेल्समा ९ सय २८ र नर्दन आयरल्याण्डमा ७ सय ९१ गरी बेलायतमा २२ हजार २२ हजारभन्दा बढी संक्रमित थपिएका हुन्।