एजेन्सी– अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनले कोरोना महामारीको सामना गर्न कोभिड–१९ टास्क फोर्स गठन गरेका छन्।
१३ सदस्यीय टास्क फोर्समा ३ सहअध्यक्ष र १ सदस्य छन्। टास्क फोर्सले कोरोना नियन्त्रणका विषयमा वैज्ञानिक र विज्ञसँग सल्लाह लिने बाइडेनले बताएका छन्।
उनले कोरोना महामारीको सामना गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्र्दै त्यसका लागि प्रभावकारी खोपको खोजी गर्नु ठूलो चुनौती रहेको बताए।