काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ७९ लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ७९ लाख ९७ हजार ८ सय १६ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ९४ लाख ७७ हजार ७ सय ९ पुगेको छ। त्यस्तै भारतमा ८३ लाख १३ हजार ८ सय ७६, ब्राजिलमा ५५ लाख ९० हजार २५ र रुसमा १६ लाख ८० हजार ५ सय ७९ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ। त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख २३ हजार नाघेको छ।
पछिल्लो तथ्यांक अनुसार १२ लाख २३ हजार ४ सय ५६ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ३३ हजार ६ सय ५१, ब्राजिलमा १ लाख ६१ हजार १ सय ६, मेक्सीकोमा ९२ हजार ५ सय ९३, बेलायतमा ४७ हजार ८ सय ३२, इटालीमा ३९ हजार ७ सय ६४ जनाको मृत्यु भएको छ। विश्वभर तीन करोड १८ लाख २८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५० लाख ७८ हजार १ सय ६२, अमेरिकामा ३७ लाख ४३ हजार ५ सय २७, रुसमा १२ लाख ५९ हजार १ सय ९४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ८२ हजार ९ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ४४ हजार ९ सय ७८ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३४ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ८३ लाख १३ हजार ८ सय ७६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २३ हजार ६ सय ११ पुगेको छ। भारतमा हालसम्म ७६ लाख ५६ हजार ४ सय ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ३७ हजार ५ सय ७३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ८ सय ६७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १६ हजार ६० जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख १४ हजार १ सय ६४ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ३१ हजार ६ सय ९७ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार ८ सय १४ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ४८ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ८ सय २२ जना रहेको छ। मृत्यु हुनेको संख्या ३८ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ९ सय ९१ पुगेको छ।
श्रीलंकामा संक्रमितको संख्या १२ हजार १ सय ८७ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या २४ छ भने निको हुनेको संख्या ५ हजार ८ सय ५८ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३५८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३२७ छ।