काठमाडौं- विश्वभर ३ करोड ७७ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन्। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ७७ लाख २८ हजार ३ सय ८६ जना संक्रमित छन्।
सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको अमेरिकामा ७८ लाख ३ हजार २ सय ५९ संक्रमित भइसकेका छन्।
त्यस्तै भारतमा ७१ लाख २० हजार ५ सय ३८, ब्राजिलमा ५० लाख ९४ हजार ९ सय ७९ र रुसमा १३ लाख ५ हजार ९३ जनामा ंसंक्रमण पुष्टि भएकोे छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १० लाख ७८ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार १० लाख ७८ सय ६ सय २९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
अमेरिकामा २ लाख १४ हजार ६१, ब्राजिलमा १ लाख ५० हजार ४ सय ८८, मेक्सीकोमा ८३ हजार ९ सय ४५, बेलायतमा ४२ हजार ९ सय ६५, इटालीमा ३६ हजार २ सय ५ जना संक्रमितको मृत्यु भएको छ।
विश्वभर दुई करोड ६१ लाख ९५ हजार २ सय ७६ जना संक्रमणमुक्त भएका छन्। मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४५ लाख २६ हजार ३ सय ९३, अमेरिकामा ३१ लाख ६ हजार ७ सय २८, रुसमा १० लाख १९ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि एक लाख ११ हजार ८ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७७ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् भने ६ सय ४५ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ७१ लाख २० हजार ५ सय ३८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ९ हजार १ सय ५० पुगेको छ। भारतमा हालसम्म ६१ लाख ४९ हजार ५ सय ३५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख १९ हजार ३ सय १७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ५ सय ८० जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ४ हजार १ सय ८५ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ७९ हजार ७ सय ३८ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ९४ हजार ३ सय ९१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ८ सय ७० पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ७९ जनाको मृत्यु भइसकेको छ भने ३३ हजार १ सय १८ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १० हजार ९ सय ४३ जना रहेको छ। मृत्यु हुनेको संख्या ३५ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ७ सय ८३ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ४ हजार ८ सय ४४ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ३ सय १७ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३०९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २८८ छ।