नयाँदिल्ली– भारतका उपराष्ट्रपति बेंकैया नायडुलाई कोरोना संक्रमण देखिएको छ। उनको सचिवालयले मंगलबार उपराष्ट्रपति कोरोना संक्रमित भएको जानकारी दिएको हो।
मंगलबार गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। हाल उनी घरमै सेल्फ आइसोलेसनमा बसेका छन्।
उनकी पत्नी उषा नायडुको रिपोर्ट भने नेगेटिभ आएको छ।