एजेन्सी- कोभिड-१९ विरूद्धको भ्याक्सिन निर्माणका लागि जर्मनीले छोटो विधि अपनाएर थप जोखिम नबढाउने निष्कर्ष निकालेको छ।
मंगलबार बर्लिनमा आयोजित प्रेस कन्फ्रेन्समा जर्मनीकी शिक्षा तथा अनुसन्धान मन्त्री अन्जा कार्लिसेकले यस्तो बताएकी हुन्।
‘भ्याक्सिनका लागि विश्वका सबै मानिसहरू पर्खिरहेको बेला भएपनि हामी छिटो बनाउने निहुँमा जोखिम मोल्दैनौं’ उनले भनिन्‚ ‘हामी यस्ता विषयमा नहड्बडाई अघि बढ्छौं। र अन्य देशले पनि यही प्रक्रियाबाट भ्याक्सिनको निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ।’
उनले गत जुलाईमा दिएको अभिव्यक्ति पुनः दोहोर्याउँदै भ्याक्सिन सबै देशमा उपलब्ध हुनका लागि सन् २०२१ को मध्यसम्म लाग्न सक्ने बताएकी छन्।