काठमाडौं- नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधी डा जोस भ्यान्देलियरले नेपालमा अझै केही समय कोरोना भाइरसको संक्रमण बढ्ने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमत कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले राखेको जिज्ञासामा डा भ्यान्देलियरले नेपालमा संक्रमणको सुरुवात मात्रै भएकाले अझै केसहरु बढ्ने बताएका हुन्।
आगामी हप्ता तथा महिनामा हामीले अझै धेरै केसहरु देख्ने छौं,' डा भ्यान्देलियरले भने, 'यो सुरुवाती मात्र हो, नेपालमा परिस्थिती अझ नराम्रो हुनेवाला छ। तर अत्तिहाल्नुपर्ने अवस्था भने आइसकेको छैन।'
उनले नेपालमा केही समयअघि सम्म आप्रवासीमा मात्र देखिएको संक्रमण अबका दिनमा वृद्ध वृद्धालाई समेत धेरै देखिने सम्भावना बढेकोले सचेत रहन पनि सुझाव दिएका छन्।
नेपालमा कोरोवना भाइरसको संक्रमणको अवस्था, पछिल्लो समयमा नेपालमा संक्रमितको मृत्यु बढ्नुको कारण, विश्व स्वास्थ्य संगठनले गरिरहेको सहयोग, कोरोना भाइरसको महामारीका समयमा स्वास्थ्यका अन्य सेवा कसरी प्रदान गर्नुपर्छ लगायतका विषयमा पनि डा भ्यानदेलियरले जानकारी दिएका छन्।
हरौं भिडियो