एजेन्सी– भारतमा कोरोना संक्रमण झन् तीव्र भइरहेको छ। बुधबार २४ घण्टामा भारतमा ५६ हजार ६ सय २६ नयाँ संक्रमित थपिएका छन्। योसँगै त्यहाँ कूल संक्रमितको संख्या १९ लाख ८ हजार २ सय ५४ पुगेको छ।
भारतमा निको हुनेको संख्या १३ लाख २७ हजार २ सय छ। बुधबार ४५ हजार ५ सय ४० जना निको भएर घर फर्किएका थिए। बुधबार २४ घण्टामा भारतमा ९ सय १९ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म ३९ हजार ७ सय ९५ को मृत्यु भइसकेको छ।
महाराष्ट्रमा १० हजार ३ सय ९ र आन्ध्र प्रदेशमा १० हजार १ सय २८ संक्रमित थपिएका छन्। बुधबारमात्र महाराष्ट्रमा ३ सय ३४ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा ४ लाख ५७ हजारभन्दा बढी संक्रमित भइसकेका छन्, जसमा १० हजारभन्दा बढी प्रहरी छन्। डाक्टरहरु पनि ठूलो संख्यामा संक्रमित भएका छन्।