काठमाडौं- केही दिनअघि वीरगञ्जस्थित नारायणी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भयो। चिकित्सक तथा स्वास्थ्यकर्मीले ती संक्रमितलाई बचाउने हरसम्भव प्रयास गरेका थिए। तर, ३६ वर्षीया ती संक्रमित पुरुषको मृत्यु भयो।
कोरोना संक्रमित ती पुरुषलाई बचाउन डाक्टर तथा स्वास्थ्यकर्मीले भेन्टिलेटरमा राखेको, मुटुको चाल बन्द भएपछि त्यसलाई पुनः फर्काउन गरिने कार्डियोपल्मोनरी रिससिटेसन (सिपिआर) गरिरहेको भिडियो स्वास्थ्यखबरले प्राप्त गरेको छ। भिडियोमा अस्पतालको आइसियूमा चिकित्सकले कोरोना संक्रमित ती युवालाई बचाउन गरेको प्रयास र उपाय देख्न सकिन्छ।
उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीले पिपिईलगायतका सुरक्षाका उपाय अपनाउँदै युवाको उपचारमा संलग्न रहेको भिडियोमा देख्न सकिन्छ। ती युवाको असार ३१ गते भेन्टिलेटरमा राखिएको समयमा मृत्यु भएको थियो।
हेरौं भिडियो :