काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका समुदायस्तरमा कोरोना संक्रमण नदेखिएको बताएको छ।
मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले समुदायमा गरिएको परीक्षणमा समुदायस्तरमा संक्रमण नदेखिएको बताएका हुन्।
उनका अनुसार उपत्यकाको भिडभाड हुने विभिन्न स्थानहरुबाट ४ हजार ८ सय जनाको नमुना संकलन गरेर परिक्षण गर्दा ३ जना पोजिटिभ आएको थियो। जसमध्ये दुई जना बाहिरबाट आएका र एक जना व्यूटीपार्लर व्यवसायमा रहेकी महिला हुन्।