काठमाडौं- भारतमा कोरोना भाइरसकाे संक्रमण तीव्र रुपमा बढिरहेकाे छ। पछिल्लाे २४ घण्टामा ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।
याे एकै दिनमा धेरै संक्रमित हुने नयाँ रेकर्ड हाे। याेसँगै काेराेना संक्रमितको संख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।
भारत विश्वकै सबैभन्दा बढी काेराेना संक्रमित हुनेमा तेस्रो मुलुककाे हाे। संक्रमितमध्ये ६ लाख ३६ हजार ५ सय ६९ जना निकाे भएका छन्। ३ लाख ४२ हजार ७९ जनाको उपचार भइरहेको छ।
भारतमा पछिल्लो २४ घण्टामा ६ सय ८० जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै शुक्रबार बिहानसम्म कूल २५ हजार ६ सय ९ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।