एजेन्सी– भारतमा बुधबार एकै दिन २९ हजारभन्दा बढी संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार २४ घण्टामा २९ हजार ४ सय २९ संक्रमित थपिएका हुन्।
योसँगै कूल संक्रमितको संख्या ९ लाख ३६ हजार १ सय ८१ पुगेको छ । यसैगर एक दिनमा ५ सय ८२ जनाको मृत्यु भएको छ।
२८ हजारभन्दा बढी संक्रमित थपिएको यो लगातार चौथो दिन हो।
सबैभन्दा धेरै प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ६५ पुगेको छ भने १० हजार ६ सय ९५ जनाको मृत्यु भएको छ।
यस्तै, दिल्लीमा १ लाख १५ हजार ३ सय ४६ संक्रमित भएका छन् भने ३ हजार ४ सय ४६ जनाको मृत्यु भइसकेको छ। तमिलनाडुमा १ लाख ४७ हजार ३ सय २४ संक्रमित र २ हजार ९९ को मृत्यु भएको छ।
यो पनि :