काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा भएको कोरोनाको जीवाणुबाट मानिसमा संक्रमण नसर्ने बताएको छ। मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलमा कोरोना भाइरसको टुक्राटुक्रीहरु भेटिने र त्यसले भाइरस नसार्ने जानकारी दिएका हुन्।
'ढलको पानीमा कोरोना भाइरसको पहिचान भएपनि यसको माध्यमबाट मानिसमा कोभिड-१९ सर्न सक्ने सम्भावनालाई अध्ययनहरुले पुष्टि गरेका छैनन्' उनले भने, 'ढल तथा अस्पतालबाट निस्कने फोहार पानीमा जिवाणु २ दिन सम्म बाँच्ने देखिए पनि संक्रमण भने नसर्ने अध्ययनले देखाएको छ।'
उनले ढलको पानीमा कोभिड १९ भाइरसको अशं भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भ्रम नफैलाउनको लागि आग्रह गरे। उनले ढलमा कोरोना भाइरस भेटियो भन्दैमा नआत्तिन र नडराउन पनि आग्रह गरेका छन्।
उनले ढलमा के कस्ता भाइरस भेटिएका हुन् यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सहयोगममा स्वास्थ्य मन्त्रालयले गर्ने पनि जानकारी दिए।
ढलमा अन्य जीवाणु समेत हुने भएकाले ढलको क्षेत्रमा काम गर्ने कर्मचारीले भने सतर्कता अपनाउन भने उनले सुझाब दिए।
हेरौं भिडियो
यो पनि :