–पिसिआर परीक्षणका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको प्रतिबद्धता पूरा भएन।
– मन्त्री ढकालले असार १५ सम्ममा दैनिक १० हजार पिसिआर परीक्षण गर्ने प्रतिबद्धता गरेका थिए।
– तर मन्त्री ढकालको उक्त प्रतिबद्धता भाषणमा मात्र सीमित भएको छ।
– असार १५ गते देशभरका सबै प्रयोगशालामा गरी ७,७९१ नमुना मात्र परीक्षण भएको छ।
– असार १४ गते ४,९६२ र असार १३ गते ४,६०६ जनाको पिसिआर परीक्षण भएको थियो।
– मन्त्री ढकालले जेठ २६ गते संसद्मा र असार ६ गते स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा असार १५ सम्म हरेक दिन १० हजार पिसिआर परीक्षण हुने बताएका थिए।
– मन्त्री ढकालका यसअघिका भाषण र प्रतिबद्धता पनि पूरा भएका छैनन्।
– कोरोना नियन्त्रणमा मन्त्री ढकालले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना भइरहेको छ।
– परीक्षण बढाउन मन्त्रालयले प्रत्येक प्रदेशमा प्रतिदिन एक हजारका दरले परीक्षण क्षमता विस्तार गर्ने योजना बनाएको छ।
– निजी प्रयोगशालालाई परीक्षण गर्न अनुमति पनि दिन थालिएको छ।