काठमाडौं- कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। नेपालका विभिन्न अस्पतालहरुमा संक्रमित भर्ना भई उपचाररत छन्।
ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना संक्रमितको उपचार हुन्छ। करीब पाँच महिनादेखि नै यस अस्पतालले कोरोना संक्रमितको उपचारका लागि तयारी सुरु गरेको थियो। त्यो समय अस्पतालले कोरोना संक्रमितको उपचारका लागि पाँच शय्याको आइसोलेसन वार्ड छुट्याएको थियो।
नेपालमा कोरोना संक्रमित भेटिएपछि यस अस्पतालले विशेष योजना बनाएर नै पूर्व तयारी सुरु गरेको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए। अस्पतालले कोरोनाका लागि ११ वटा आईसियु, १५ वटा आइसोलेसन शय्या, भेन्टिलेटर सहितको २१ शय्या र संक्रमितलाई राख्न सकिने ४५ शय्याको व्यवस्था गरेको छ।
हाल यस अस्पतालले के कसरी उपचार गरिरहेको छ? पूर्व तयारी के थियो? लगायतका विषयमा अस्पतालका निर्देशक डा. शर्माले स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा बताएका छन्।
हेरौ यो भिडियो :