एजेन्सी- छिमेकी भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म १५ हजार ६ सय ८५ जनाले ज्यान गुमाएका छन् ।
सबैभन्दा धेरै संक्रमित दिल्लीमा छन्। दिल्लीपछि महाराष्ट्रमा धेरै संक्रमित छन्।
संक्रमितको संख्याका हिसाबले भारत विश्वमा चौथो स्थानमा रहेको छ। विश्वभर कोरोना संक्रमित १ करोड नजिक पुगेको छ ।