काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएको छ । कोरोना संक्रमितका लागि भनेर हाल विभिन्न अस्पताल र त्यहाँका स्वास्थ्यकर्मी दिनरात खटिने गरेका छन्।
ती अस्पतालमध्ये कोशी अस्पताल पनि एक हो। कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पतालले कोभिड १९ डेडिकेटेट अस्पताल नै स्थापना गरेको छ। उक्त कोभिड अस्पतालका संयोजक हुन् डा दीपक सिग्देल।
वैशाख ५ गते यस अस्पतालमा एकै पटक पाँच जना संक्रमित भर्ना भएका थिए। हालसम्म यस अस्पतालमा १ सय १४ जना बिरामी भर्ना भएका छन्। जसमध्ये ८१ जना उपचारपछि निको भएका छन् भने हाल ३३ जना उपचाररत छन्।
प्रदेश १ को दोस्रो लेभलको रुपमा रहेको यस अस्पताल हाल यी ३३ जना संक्रमितलाई निको बनाउन खटिरहेका छन्।
यो अस्पतालले हाल के कसरी काम गरिरहेको छ? संक्रमितलाई निको बनाउँदाको अनुभव लगायतका विषयमा संयोजक डा. सिग्देलसँग डिबी खड्काले कुराकानी गरेका छन् ।
हेरौं यो भिडियो :