कोरोना संक्रमितको मृत्युपछि नेपालगञ्ज मेडिकल कलेजलमा शव व्यवस्थापन र डिसइन्फेक्सन गरिएको छ। बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ की ४६ वर्षीय एक महिलाको मृत्यु भएको हो।
मिर्गौला समस्या भएपछि उनी जेठ ३० गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। उनको असार १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट नतिजा नआउँदै उनको सोही साँझ ६ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनका अनुसार पिसिआर परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको थियो।
कोरोना संक्रमण देखिएपछि शव व्यवस्थापन र डिसइन्फेक्सनको काम मापदण्ड अनुसार गरिएको हो। शव व्यवस्थापन र डिसइन्फेक्सनको भिडियो हेरौं।