सरकारले लकडाउनलाई खुकुलो बनाएको छ। तर, कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। लकडाउन खुकुलो हुनुको मतलब कोरोनाको जोखिम कम हुनु होइन।
जनस्वास्थ्य विज्ञहरूका अनुसार यो समयमा झन् बढी सचेत हुनुपर्छ।
कोरोना विरुद्धको लडाई अझै जारी छ। महामारी अझै समाप्त भएको छैन।
जबसम्म प्रभावकारी खोप बन्दैन, तबसम्म सबै जोखिममा नै रहन्छौं।
कोरोनालाई जित्ने मुख्य उपाय भनेको नै भौतिक र सामाजिक दुरी कायम गर्नु नै हो।
स्वास्थ्य मन्त्रालयले यो समयमा जोगिनका लागि एसएमएस फर्मुलाको जनस्वास्थ्य मापदण्ड बनाएको छ।
–सबै किसिमका जमघट र भेलाहरूमा कम्तीमा २ मिटरको दुरी अनिवार्य काम गर्ने
–घर बाहिर जाँदा मास्क (सर्जिकल वा ३ तहको कपडाको मास्क) को प्रयोग अनिवार्य रूपले गर्ने
–सबै सार्वजनिक स्थल तथा कार्यालयहरूले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानिटाइजरको व्यवस्था गर्ने।
खोक्दा वा हाच्छ्यिुँ गर्दा नाकमुख छोप्ने, पटकपटक साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुनु अनिवार्य हुन्छ।
सोसियल डिस्ट्न्यास, मास्क र स्यानीटाइज (एसएमएस) फर्मुलाका रुपमा २ मिटरको भौतिक दुरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने र समयसमयमा हात सफा गर्ने नवव्यवहार पालन गर्नुपर्ने हुन्छ।
हेरौं भिडियो :
यस्तो छ मन्त्रलायले बनाएको नयाँ जनस्वास्थ्य मापदण्ड