उहाँ भगवान हाेइन,
जादु मन्तर गरेर,
एक पटक छुँदैमा,
तपाईंकाे जम्मै राेग,
निकाे पार्न सक्नु हुन्न।
उहाँ राक्षस पनि हाेइन,
वर्षाैँ वर्ष लगाएर,
भाेक निन्द्रा त्यागेर,
माेटा माेटा किताबमा डुबेर,
छाेटा छाेटा पाइला सारेकाे,
ज्यान लिनकाे निमित्त,
अवश्य हाेइन।
हाे,
उहाँबाट कहिले काँही,
गल्ति हुन जान्छ,
एउटा घाउ निकाे पार्दा,
अर्काे घाउ लाग्छ।
साेच्नुस न,
हामीसँग कत्ति मिलेकाे, है ?
ए साँच्चै, भन्नै बिर्सिएछु,
उहाँ पनि मान्छे हाे रे त नि,
केबल एक मान्छे,
ठ्याक्कै, तपाईं हामी जस्तै।
साँचाे कुराे,
एक डाक्टरकाे सानाे गल्तिले,
ज्यान जान सक्छ।
तर, ज्यान लिने उदेश्य भए,
के ऊ डाक्टर बन्छ?
हेर्नाेस् न,
हिजाे फेरि फलानाे ठाममा,
उहाँ कुटिनु भयाे रे,
के भएकाे भनी प्रश्न गर्दा,
ढुटिनु भयाे रे।
दुनियाँकाे घाउमा अाेखति गर्ने,
अाफ्नाे घाउ देख्दा,
मन काँप्याे भन्नु हुन्थ्याे।
सानाेमा लागेकाे पहिलाे चाेट,
जस्तै दुख्याे भन्नु हुन्थ्याे।
हुन त, नाथे,
काे नै पाे हाे र उहाँ,
जाबाे आफ्नाे परिवारलाई दिने,
समय त दिनु हुँदै छ।
न खाने फुर्सद, न त घर जाने,
वार्डकाे कुर्सिमै निन्द्रा पुर्याउने,
यति नि नगरे,
ती जाबालाई के डाक्टर भन्ने।
नक्कले समाज,
एउटाले थालनि गरेकाे काम,
अर्काेले फ्याट्ट टिपि हाल्छ।
डर भयाे हजुर, याे कुट्ने चलनले,
कतै यहीँ पाे घर बसाल्छ।
सुरक्षाकाे खाेजि गर्दै,
हाँकिनु हाेला उहाँ पनि विदेश।
देशमा स्वास्थ्यकर्मी नै नहुँदा,
फार्मेसी गएर,
कलेजाेकाे राेगकाे लागि,
प्यारासिटामाेल खाँदा,
आउला अनि झलझलि सम्झना,
त्यस दिन त तपाईंकाे नि,
राेला नि है मन?
बिन्ति बिसाउँछु,
बरु धन्यवाद नभनिदिनुस्,
उहाँलाई ईश्वर नकहलाउनुस्,
तर, सानाे भुलचुकमा,
रक्ताम्य पारेर,
मुखकाे नक्सा बिगारेर,
एक डाक्टरकाे मात्र नभई,
एक मानिसकाे,
अस्तित्व लुट्ने काम नगरिदिनुस्।
उहाँलाई तपाईं,
कुट्ने काम नगरिदिनुस्।
आज तपाईं डाक्टर कुट्नुहुन्छ,
भाेलि तपाईंकाे डाक्टर कुटिन्छन्,
यसलाई एक प्रथा नबनाअाैँ,
बिकृति हाे, समाजबाट हटाअाैँ।
राम्राे साेच राख्नुस्,
उहाँले ठूलो भुल गर्नु भएछ भने,
बरु कानुन डाक्नुस्।
सुन्नुस् न,
स्वास्थ ढुटिए, उहाँकाे जिम्मा हुने,
अनि उहाँ ढुटिए, जिम्मा कसले लिने?
-समीक्षा शुक्ल
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान