काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत सातौं स्थानमा उक्लिएको छ। सूचीको पहिलो स्थानमा अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली र भारत छन्।
भारतमा ५ हजार ४ सय ८ जनाको संक्रमणपछि मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा २ सय २३ जनाको मृत्यु भएको थियो।
भारतमा ९१ हजार ८ सय ५२ जना संक्रमणमुक्त भइसकेका छ्न्।
विश्वभर कोरोना : ६१ लाख ५२ हजार संक्रमित, ३ लाख ७१ हजारको मृत्यु
विश्वभर ६१ लाख ५२ हजार १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १७ लाख ८८ हजार ७ सय ६२ जना छ।
त्यस्तै, ब्राजिलमा ५ लाख १४ हजार ८ सय ४९, रुसमा ४ लाख ५ हजार ८ सय ४३, बेलायतमा २लाख ७६ हजार १ सय ५६, स्पेनमा २ लाख ३९ हजार ४ सय ७९, इटालीमा २ लाख ३२ हजार ९ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ७१ हजार ७ सयको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख ४ हजार ३ सय ५६ हजार छ।
त्यस्तै बेलायतमा ३८ हजार ५ सय ७१, इटालीमा ३३ हजार ४ सय १५, ब्राजिलमा २९ हजार ३ सय १४ को मृत्यु भएको छ।
विश्वभर २६ लाख ३७ हजार ४ सय ९६ जना संक्रमित सोमबार बिहानसम्म संक्रमणमुक्त भएका छन्।
संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक अमेरिकामा ४ लाख ४४ हजार ७ सय ५८ जना छ। त्यस्तै, ब्राजिलमा २ लाख ६ हजार ५ सय ५५, रुसमा १ लाख ७१ हजार ८ सय ८३, जर्मनीमा १ लाख ६५ हजार ३ सय ५२ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार एकैदिन १ सय ६६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५ सय नाघेको हो।
नेपालमा संक्रमणपछि मृत्यु हुनेको संख्या पनि ८ पुगेको छ। मृत्यु भएकी बाजुराकी २ वर्षीया बालिकामा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ सय २० पुगेको छ।