काठमाडौं- भारतमा १ लाख ७३ हजार ४ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारत सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा नवौं स्थानमा छ।
भारतभन्दा अघि क्रमशः जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।
भारतमा ४ हजार ९ सय ८० जना संक्रमितको मृत्यु भइसकेको छ।
भारतमा ८२ हजार ६ सय २७ जनाको संक्रमित शनिबार बिहानसम्म संक्रमणमुक्त भइसकेका छन्।
विश्वभर कोरोना : ५९ लाख १९ हजार संक्रमित, ३ लाख ६४ हजारको मृत्यु
विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १७ लाख ४५ हजार ६ सय ६ छ।
त्यस्तै, ब्राजिलमा ४ लाख ६५ हजार १ सय ६६, रुसमा ३ लाख ८७ हजार ६ सय २३, बेलायतमा २ लाख ७२ हजार ६ सय ७, स्पेनमा २ लाख ३८ हजार ५ सय ६४, इटालीमा २ लाख ३२ हजार २ सय ४८, फ्रान्समा १ लाख ८६ हजार ९ सय २३ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ६४ हजार ४ सय ५९ को संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख २ हजार ७ सय ९८ जना छ।
त्यस्तै, बेलायतमा ३८ हजार २ सय ४३, इटालीमा ३३ हजार २ सय २९, फ्रान्समा २८ हजार ७ सय १७, ब्राजिलमा २७ हजार ८ सय ७८, स्पेनमा २७ हजार १ सय २१ जनाको संक्रमणपछि मृत्यु भएको छ।
विश्वभर २४ लाख ९० हजार २ सय २१ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। शनिबार बिहानसम्म त्यहाँ ४ लाख ६ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै, ब्राजिलमा १ लाख ८९ हजार ४ सय ७६, जर्मनीमा १ लाख ६४ हजार २ सय ४५, रुसमा १ लाख ५९ हजार २ सय ५७, इटालीमा १ लाख ५२ हजार ८ सय ४४ जना संक्रमणमुक्त भइसकेका छन्।
नेपालमा पनि संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। शुक्रबार एकैदिन १ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो।
संक्रमितमध्ये २ सय ६ जना संक्रमणमुक्त भइसकेका छन्। ६ जनाको संक्रमितको भने मृत्यु भएको छ।