काठमाडौं- भारतमा कोरोना संक्रमित १ लाख ६ हजार ४ सय ७५ पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार, विश्वभर कोरोना संक्रमण सर्वाधिक देखिएका देशहरुको सूचीमा भारत ११औं स्थानमा छ। सूचीको सबैभन्दा माथि अमेरिका छ। अमेरिकापछि क्रमशः रुस, ब्राजिल, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान, भारत छन्।
भारतमा ३ हजार ३ सय २ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। त्यहाँ ४२ हजार ३ सय ९ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४८ लाख ९६ हजार ३ सय १२ पुगेको छ। तथ्यांक अनुसार संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १५ लाख २७ हजार ३ सय ५५ मा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, रुसमा २ लाख ९९ हजार ९ सय ४१, ब्राजिलमा २ लाख ७१ हजार ६ सय २८, बेलायतमा २ लाख ५० हजार १ सय ३८, स्पेनमा २ लाख ३२ हजार ३७, इटालीमा २ लाख २६ हजार ६ सय ९९ लाई कोरोना संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख २३ हजार २ सय २१ को कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९१ हजार ८ सय ४५ को मृत्यु भइसकेको छ।
त्यस्तै, बेलायतमा ३५ हजार ४ सय २२, इटालीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २५, स्पेनमा २७ हजार ७ सय ७८, ब्राजिलमा १७ हजार ९ सय ७१, बेल्जियममा ९ हजार १ सय ८ को मृत्यु भइसकेको छ।
त्यस्तै, विश्वभर १६ लाख ८८ हजार ५ सय ६४ कोरोना संक्रमित अहिले संक्रमणमुक्त भएका भएका छन्। अमेरिकामा सर्वाधिक २ लाख ८९ हजार ३ सय ९२, जर्मनीमा १ लाख ५५ हजार ६ सय ८१, इटालीमा १ लाख २९ हजार ४ सय १, टर्कीमा १ लाख १२ हजार ८ सय ९५ अहिले संक्रमणमुक्त भएका छन्।