म दीप प्रज्वलन गर्छु सरकार
मनबाट गर्छु,
यो ज्वालासरी भट्केको मुटुबाट
सल्काएर गर्छु,
भरोसाको त्यान्द्रोलाई बाटेर लामो केसर
बनाएर बाल्छु।
म दीप प्रज्वलन गर्छु सरकार,
यहि दीपको रापमा आफूलाई
न्यानो बनाउछु,
सन्ध्यामा यहि उज्यालोले
मनको अँध्यारो मेटाउछु,
कोरोना भगिजा भनेर आस्वाशन दिने
वाणिलाई यहि दीपमा होम हाल्छु।
म दीप प्रज्वलन गर्छु सरकार,
यसैबाट एक्वेबद्धता जनाउँछु,
हरेस खाएका स्वस्थ्यकर्मीलाई
सुरक्षाको ताप दिन्छु,
तैनाथ प्रहरिलाई सहयोगको किरण दिन्छु,
भोकमरी जनतालाई दियोको राहत दिन्छु।
म दीप प्रज्वलन गर्छु सरकार,
किनभने आशावादी मन अझैँ अटुट छ,
सत्यता त यहाँ कटु छ,
अझैँ भरोसाको त्यान्द्रो जिउँदो छ,
त्यसैमा थोपा थोपा तेल हालेर बाल्छु,
म दीप प्रज्वलन गर्छु सरकार
म दीप प्रज्वलन गर्छु।।