बेइजिङ- चीनको मध्यप्रान्त हुबेईमा शुक्रबार थप कुनै पनि मानिसमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रान्तीय स्वास्थ्य निकायले दाबी गरेकाे छ। हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्त्यबाट पहिलो पटक कोरोना भाइरसको सक्रमण देखिएको थियो।
यसलगत्तै विश्वको कैयौं देशमा फैलिएको यस कोरोना भाइरसको संक्रमण हाल विश्वका २ सय १० भन्दा बढी देशमा देखिएको छ। यस भाइरसबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।
विश्वका शक्तिशाली देशहरु इटाली, बेलायत , फ्रान्स, जर्मनी, टर्की रुस यस भाइरसबाट प्रभावित भएका छन् ।
सुरुमा प्रकोप देखिएको चीनमा ८२ हजार ८ सय ७५ मा संक्रमण देखिएको छ। हालसम्म चीनमा यस प्रकोपबाट ४ हजार ६ सय ३३ को मृत्यु भएको छ।