कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले नेपालमा लकडाउन गरेको एक महिना भइसकेको छ। चैत ११ गतेबाट सुरु भएको लकडाउन वैशाख १५ गतेसम्म तोकिएको छ। सरकारले लकडाउनलाई अझै एक साता लम्ब्याउने तयारी गरिरहेको छ। विज्ञहरुले भने पकेट क्षेत्र हेरेर लकडाउन लगाउनु पर्ने र काठमाडौं लगायतका क्षेत्रमा खुकुलो बनाउनु पर्ने बताइरहेका छन्।
लकडाउनका कारण धेरै कुरा प्रभावित भइरहेको छ। नियिमत स्वास्थ्य सेवा प्रभावित भइरहेको छ। यस्तो विषम परिस्थितिमा गर्भवती र प्रसूति सेवा लिने महिलाले के कुरामा ध्यान दिने? उनीहरुले के के कुरामा सावधानी अपनाउनु पर्छ? लगायतका विषयमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा चन्दा कार्कीसँग डिबी खड्काले भिडियो कुराकानी गरेका छन्।
हेरौं डा कार्कीसँगको भिडियो वार्ता :