मुम्बई- भारतकाे मुम्बईमा २ जना चिकित्सक र ५ जना नर्ससहित एक अस्पतालका ८ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ। त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि काेराेनाबाट संक्रमित भएकाे बताइएको छ।
उनीहरु मुम्बईको भाटिया अस्पतालका कर्मचारी हुन्। उनीहरु सबै जनाको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ। तीमध्ये ५ जना नर्सलाई भने आइसियुमा राखेर उपचार गरिएको समाचारमा जनाएको छ।
भाटिया अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिअनुसार ती सबैको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताइएको छ। यसअघि पनि सो अस्पतालका ११ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको थियो। उनीहरु उपचारपछि घर फर्किएका छन्। उपचारपछि घर फर्किएका उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ। रासस