एजेन्सी– इटालीमा कोरोना भाइरसको संक्रमणले एक साता यता आइतबार सबै भन्दा कम मानिसको मृत्यु भएको छ।
आइतबार कोरोना भाइरसको संक्रमणले ४ सय ३३ जनाका मृत्यु भएको आधिकारि तथ्यांक रहेको छ। जुन पछिल्लो एक हप्तामा सबै भन्दा कम हो। शनिबार ४ सय ८२ जनाका मृत्यु भएको थियो। त्यस्तै शुक्रबार ५ सय ७५ जनाको मृत्यु भएको थियो।
इटालीमा फ्रेब्रुअरीदेखि अहिलेसम्म २३ हजार ६ सय ६० जनाले ज्यान गुमाइसकेका छन्।
मृत्यु हुनेको संख्या अमेरिकापछि इटाली दोस्रो नम्बर पर्छ। अमेरिकामा ४० हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
आइतबार इटालीमा ३ हजार मानिस संक्रमित भएको तथ्यांक रहेको छ। अहिलेसम्म इटालीमा १ लाख ७८ हजार ९ सय ७२ जना संक्रमित भएका छन्। ४७ हजार ५५ जना निको भएर घर फर्किसकेका छन्।