काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी लकडाउन भारतले मे ३ सम्मलाई लब्याएको छ।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले लकडाउन लम्ब्याइएको घोषणा गरेका हुन्।
लकडाउनलाई पहिलेभन्दा थप कडाइ गरिने मोदीको भनाइ छ। भारतमा कोरोना संक्रमण बढ्दै गएपछि लडकाउन थप्नुपरेको उनले बताए।
सम्बोधनमा उनले डकडाउनका कारण जनताले कष्ट व्यहोर्नुपरेको भन्दै मोदीले जनताको त्यागका प्रति सरहाना व्यक्त गरे। उनले लकडाउन नगरिएको भए अवस्था झन् खराब हुनसक्ने बताए। उनले सामाजिक दूरीका माध्यमबाट नै महामारीलाई नियन्त्रण गर्न सकिने बताए।
मोदीले कोरोनासँगको लडाइँमा जनताको साथ माग्दै जो जहाँ छन्, उहीँ रहन आग्रह गरे।
उनले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन आर्युवेद मन्त्रालयले जारी गरेका निर्देशका पालन गर्न आग्रह गरे। साथै, कोरोना संक्रमण रोक्नका लागि सहयोग गर्न ‘आरोग्य सेतु’ मोबाइल एप डाउनलोड गरेर प्रयोग गर्ने आग्रह गरे।
मोदीले सकेसम्म गरिब परिवारलाई सहयोग गर्न पनि आग्रह गरे। आफ्नो व्यवसाय र उद्योगमा काम गर्नेप्रति संवेदना देखाउन र कसैलाई पनि रोजगारीबाट ननिकाल्न आग्रह गरे।
उनले चिकित्सक, नर्स, सफाइ कर्मचारी र प्रहरीलाई कोरोना योद्धा भन्दै उनीहरुको सम्मान गर्न पनि नागरिकहरु समक्ष आग्रह गरे।
यसअघि गत मार्च २४ (चैत ११ गते) भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमार्फत तीन हप्ताका लागि डकडाउन घोषणा गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकसँग ७ विषयमा साथ मागेका छन्। मंगलबार बिहान टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भारतीय नागरिकसँग ७ विषयमा सहयोग मागेका हुन्।
वृद्धवृद्धालाई विशेष ध्यान: प्रधानमन्त्री मोदीले यस्तो बेलामा आफ्ना घरका वृद्धवृद्धा र विशेष गरी पहिले देखिनै बिरामी रहेकालाई ध्यान दिन आग्रह गरे।
समाजिक दूरीको पूर्ण पालना: एकअर्काबीचको दूरी कायम गर्न पनि मोदीले सम्बोधनका क्रममा आग्रह गरेका छन्। उनले मास्क अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरे।
रोग प्रतिरोधात्मक क्षमता बढाऊ: प्रधानमन्त्री मोदीले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन आर्युवेद मन्त्रालयले जारी गरेकाे निर्देशका पालन गर्न आग्रह गरेका छन्।
मोबाइल एपको प्रयोग: कोरोना संक्रमण रोक्नका लागि सहयोग गर्न ‘आरोग्य सेतु’ मोबाइल एप डाउनलोड गरेर प्रयोग गर्न माेदीले नागरिकसँग आग्रह गरे।
गरिबको रेखदेख: प्रधानमन्त्री माेदीले सकेसम्म गरिब परिवारलाई सहयोग गर्न आग्रह गरेका छन्।
रोजगारीबाट ननिकालौं: मोदीले आफ्नो व्यवसाय र उद्योगमा काम गर्नेप्रति संवेदना देखाउन र कसैलाई पनि रोजगारीबाट ननिकाल्न आग्रह गरे।
कोरोना योद्धाको सम्मान: मोदीले चिकित्सक, नर्स, सफाइ कर्मचारी र प्रहरीलाई कोरोना योद्धा भन्दै उनीहरुको सम्मान गर्न नागरिकहरु समक्ष आग्रह गरेका छन्।