एजेन्सी– स्पेनमा कोरोना भाइरस (कोभिड १९) बाट दैनिक मृत्यु हुनेको संख्या फेरि बढेको छ। पछिल्ला तीन साता स्पेनमा दिनहुँ मर्नेको संख्या घट्दै गएको बेला आइतबार मर्नेको संख्या ६ सय भन्दा माथि पुगेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार ६ सय १९ जनाको कोरोनाबाट मृत्यु भएको छ। शनिबार पाँच सय जनाको मृत्यु भएको थियो।
स्पेनमा संक्रमति हुनेको संख्या १ लाख ६६ हजार १९ पुगेको छ। कोरोनाबाट १६ हजार ९ सय ७२ को ज्यान गइसकेको छ।
यस्तै, जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा मुत्यु हुनेको संख्या २० हजार ६ सय १९ पुगेको छ।
विश्वभर १ लाख ९ हजार भन्दा बढी मानिसको मुत्यु भइसकेको छ भने १७ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
विश्व स्वास्थ्य संगठनले लकडाउनको राम्रोसँग पालना नभए अवस्था थप चूनौतिपूर्ण हुने चेतावनी दिएको छ।