काठमाडौं– कोरोना संक्रमण भएका दोस्रो विश्व युद्धका ९९ वर्षीय सिपाही उपचारबाट निको भएपछि स्वास्थ्य परिचारिकाहरुले ‘सम्मान गारथ’ दिएका छन्। आउँदो जुलाइमा एक सय वर्ष पुग्न लागेका अल्बर्ट च्याम्बर्स उत्तरी बेलायतस्थित टिकहिल अस्पतालमा कोरनोको उपचारपछि निको भएर शुक्रबार घर फर्किएका हुन्।
लडेर नाडीमा चोट लागेपछि तीन साताअघि अस्पताल भर्ना भएका उनलाई कोभिड–१९ काे लक्षण देखिन सुरु भएको थियो र परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएको थियो। तर, उनी निको हुँदैनन् कि भन्ने भयका बावजुत पनि निको भएपछि स्वास्थ्य परिचारिकाहरुले खुसीले उनलाई सम्मान गारथ दिएको भावमा रहेको भिडियो छायांकन भएको थियो। जुन सामाजिक संजालमा सेयर भइरहेको छ।
‘धेरैधेरै धन्यावाद, तपाईंहरुले मेरा लागि गरेको सबैथोककाे म सम्मान गर्दछु। यो राम्रो हुने थिएन,’ श्रीमतीको निधन भएपछि दुई दशकदेखि एक्लै बसिरहेका उनले एक नर्सलाई भिडियोमा भनेका छन्।उनका ४९ वर्षीया नाती स्टेफेन गेटरले सिएनएनसँग हजुरबुबा कोरोना संक्रमित भएपछि परिवारले कस्तो खराब आसा गरेको थियो भन्ने बताए। तर, बेलायती सिपाहीका रुपमा दोस्रो विश्व युद्धका बेला आफ्ना हजुरबुबाले देखाएको धर्यले पनि कोरोनाबाट पार पाउन सहयोग गरेको उनी विश्वास गर्छन्।
विश्व युद्धमा उत्तर अफ्रिकामा बमबाट घाइते भएपछि च्याम्बर्स शत्रुको कैदमा परेका थिए। उत्तर जर्मनीस्थित फलिङ्ग बोस्टेलमा सरुवा भएका उनले त्यहाँ युद्ध बन्दीका रुपमा ३ वर्ष बिताएका थिए। युद्ध पश्चात उनले लण्डनको शाही दरबारलाई सिपाहीका रुपमा संरक्षण गरेका थिए। ‘हरेकका लागि एक जटिल समयका बीचमा सकरात्मक समाचार आउनु राम्रो हो,’ गेटरले सिएनएनसँग भने।