एजेन्सी – कोरोना भाइरसको महामारी विश्वका २०५ भन्दा बढी देशमा फैलिएको छ।
नेपाली समयअनुसार शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित एक लाखभन्दा बढीको मृत्यु भइसकेको छ।
संसारभर १६ लाख १९हजार ४ सय ९५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
कोरोना भाइरसबाट सरकारी उच्च अधिकारी, सेलिब्रिटी, चर्चीत, खेलाडी पनि अछुतो रहन सकेका छैनन्।
कोरोनाको संक्रमणको कारण विश्वका ठुला कार्यक्रममहरु रद्ध भएका छन्।
अमेरिकाको न्यूयोर्क सहरमा आयोजना हुने विश्वको चर्चित फेसन सो मेट गाला स्थगित भएको छ।
फ्रान्समा आयोजना हुने कान्स फिल्म फेस्टिबल पनि स्थगित गरिएको छ।
मेमा हुने उक्त फेस्टिभल कहिले हुने भन्ने मिति तय भइनसकेको आयोजक बताउँछन्।
हलिउडका नायक टोम ह्यांक्स र उनकी श्रीमती गायिका एवंम नायिका रिता वील्सन, बेलायती अभिनेता एड्रीस अल्बा, बेलायतका राजकुमार चाल्र्स, गायक पिंक र ओपेरा
लगायत धेरै चर्चित व्यक्तिहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।
विश्वका चर्चित संक्रमित
कार्मेन काल्भो : उनी स्पेनका उपप्रधानमन्त्री हुन। उनमा मार्च २५ तारिखमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।
बेलायतका राजकुमार चार्ल्स : बेलायतका राजकुमार चार्ल्स मार्च २५ मा कोरोना संक्रमण देखिएको थियो।
अब्बा केरी : नाइजेरियाका राष्ट्रपति कार्यलयका सबैभन्दा उच्च अधिकारी हुन। उनमा मार्च २४ मा कोरोना भाइरस देखिएको थियो।
र्यान्ड पल : उनी रिपब्लीकन पार्टीका तर्फबाट अमेरिकी सिनेटर हुन्।
प्रिन्स अल्बर्ट : मोनाकोका राजकुमार अल्बर्ट द्धित्तिय कोरोना संक्रमित भएका छन्।
बेन्टो अल्बुकर्क: ब्राजिलका खानी तथा उर्जा मन्त्री बेन्टो अल्बुकर्कलाई कोरोना संक्रमण भएको त्यहाँका राष्ट्रपतिले पुष्टि गरे। उनी मन्त्रिपरिषद्मा दोस्रो वरियताका मन्त्री हुन्।
अगुस्टो हेलेनो: उनी ब्राजिलका राष्ट्रिय सुरक्षा सल्लाहकार हुन्। उनी आफैले १८ मार्चमा ट्वीटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। ७२ वर्षिय उनी ब्राजिल सेनाका पूर्व प्रमुख पनि हुन।
कोजो तासिमा: जापानी फुटबल एसोसियसनका प्रमुख कोजो तासिमा पनि कोरोना संक्रमित छन्। जापानमा आयोजना हुने ओलम्पिक कमिटिका उपप्रमुख पनि हुन्।
नाडाइन डोरिजः उनी बेलायतका स्वास्थ्य मन्त्री हुन्।
पिटर डटनः अष्ट्रेलियाका गुह मन्त्री पिटर डटन कोरोनाको आशंकामा आइसोलेशनमा छन्।
मासुमो एब्तेकर: उनी इरानका उपराष्ट्रपति हुन्। इरानमा कोराना संक्रमित उनी उच्च सरकारी अधिकारी हुन् । इरानमा अन्य मन्त्रीहरु पनि कोरोनाबाट संक्रमित छन्।
सोफी ग्रेगोयर ट्रुडो: क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोकी पत्नी हुन्। बेलायत भ्रमणका क्रममा उनलाई कोरोना भाइरसपुष्टि भएको थियो।
बेगोना गोमेज: स्पेनका प्रधानमन्त्री पत्नी गोमेज पनि कोरोना संक्रमित हुन्। स्पेनमा कोरोना भाइरसको संक्रमणबाट १५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
बोरिस जोनसन ः ५५ वर्षिय बेलायतका प्रधानमन्त्रीलाई २७ मार्चमा कोरोना भाइरस भएको पुष्टि भएको थियो। उनको अहिले अस्पतालको वार्डमा उपरत छन्।