काठमाडौं- कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेका बेला यसविरुद्ध खोपको विकास गर्नु प्रमुख सार्वजनिक स्वास्थ्यका लागि प्रमुख प्राथमिकता बनेको छ।
विभिन्न औषधि कम्पनी र अनुसन्धानकर्ताहरुले यसमा कडा मेहनत गरिरहेका छन्। यद्यपि बलियो खोप बनाउनका लागि उत्पादककर्ताहरु खाद्य तथा औषधि प्रशासनबाट नियामक अनुमित लिनेजस्ता प्रक्रियाबाट ग्रुजिनुपर्छ।
खाद्य तथा औषधि प्रशासन(एफडीए)बाट अनुमति प्राप्त गर्न आवेदन दिनुअघि ती खोपलाई तीन चरणमा मानिसमाथि परीक्षण गर्नुपर्छ।
यी हुन् कोरोनाविरुद्ध विकास भइरहेका तीन औषधि:
माड्रेनाको एमआरएनए-१२७३
अमेरिकाको म्यासाच्युटस्थित मोड्रेना इङ्कले यसअघि नै एमआरएनए-१२७३ औषधिको मानिसको पहिलो चरणको परीक्षण गरिसकेको छ। पहिलो चरणको परीक्षणमा १८ देखि ५५ वर्ष उमेर समूहका करीब ४५ सहभागी भएका थिए। पहिलो चरणको परीक्षण आउँदो ६ हप्तासम्म जारी रहनेछ।
खोपलाई शरीरको कोषिकाका लागि भाइसविरुद्ध एन्टिबडी उत्पादन गर्नेगरी डिजाइन गरिएको छ। यसको जनवारमा पहिलो परीक्षण गर्ने वचन कम्पनीले दिइसकेको छ।
रिजेनेरोसनको ३०४८–३०५१
न्युर्योकस्थित रिजेनेरोन फर्मासिच्युटिकल कम्पनीले कोरोना भाइरस आफैंले प्रयोग गर्ने एन्टिबडीमाथि काम गरिरहेको छ।
कम्पनीले आनुवंशिक रुपमा मुसालाई प्रतिरक्षा प्रणालीमा संशोधन गर्छ र त्यसपछि भाइरसको अंशको रुपमा यसलाई प्रयोग गर्छ। त्यसपछि मुसाले भाइरसविरुद्ध लड्न एन्टिबडी बनाउन सुरु गर्छ।
सबै भाइरस कोषिकामा स्पाइक प्रोटिन भनिने प्रोटिन हुन्छ जसले भाइरसका लागि ‘होस्ट सेल’को रुपमा काम गर्नेगर्छ। यो औषधिले स्पाइक प्रोटिनलाई होस्टसेलसँग जोडिनबाट रोक्छ र भाइरसलाई निष्प्रभावी बनाउँछ।
इनोभिओको आइएनओ–४८००
पेसिल्लवेनियास्थित इनोभिओको औषधि कम्पनीले कोरोना भाइरसविरुद्ध माड्रेनाका कम्पनीले जस्तै अवधारणामा काम गरिरहेको छ। चीनले भाइरस संक्रमणको गणना अनलाइनमा उपलब्ध गराउनासाथ कम्पनीले आइएनओ-४८० बनाउन सुरु गरेको थियो।
यो पनि :