काठमाडौँ — स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजको श्रीमती मारिया बेगोना गोमेज फेर्नान्देलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
कोरोनाको संक्रमण देखिए पनि उनी खतरामुक्त रहेको बताइएको छ। उनी चिकित्सकको निगरानीमा रहेको स्पेन सरकारले जनाएको छ।
स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो। सो क्रममा स्पेनका दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो।
स्पेनमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। हालसम्म स्पेनमा छ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ।