काठमाडाैं- भारतमा काेराेना भाइरस संक्रमितकाे संख्या दिनदिनै बढ्दै गइरहेकाे छ। भारतमा कोरोना संक्रमितकाे संख्या १०१ पुगेकाे छ। महाराष्ट्रमा गएराति थप ५ जनामा काेराेना पाेजेटिभ देखिएपछि भारतमा काेरोना संक्रमितकाे संख्या ९६ बाट बढेर १०१ पुगेकाे हाे।
भारतमा काेराेनाबाट हालसम्म दुई जनाकाे मृत्यु भएको छ। कोरोना संक्रमणको खतरालाई ध्यानमा राख्दै केन्द्रीय सरकारले काेभिड-१९ लाई राष्ट्रिय विपत्ती घोषणा गरेको आजतकले जनाएकाे छ। आज बेलुका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशहरूसँग भिडियो कन्फ्रेन्समार्फत कोरोना संकटबारे चर्चा गर्ने छन्।
यसैबीच, भारतकाे केन्द्र सरकारले कोरोना संक्रमण विदेशबाट आउन रोक्नका लागि पाँच छिमेकी देशहरूको सीमा सिल गर्न आदेश दिएकाे छ। आदेशअुनसार नेपाल, बंगलादेश, भुटान र म्यानमारकाे सीमा सिल गरिएको छ। यो १४ मार्च १२ बजे लागू भएकाे छ। पाकिस्तानसँगको सिमाना भने मार्च १५ राति १२ बजेदेखि बन्द हुने छ।