एजेन्सी– हलिउड अभिनेता टम हान्क्स र उनकी पति रिता विल्सनलाई कोरोना संक्रमण भएको छ। अभिनेता टमले आफ्नो इन्स्टाग्राममा आफूहरुलाई कोरोना भएको जनाएका हुन्। अस्ट्रेलियाको क्विन्सल्यान्डमा रुघाको लक्षण देखिएपछि परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको र हाल आइसोलेसनमा बसेको उनले जनाएका छन्।
यो दम्पत्ति अहिले गायक एल्भिस प्रेस्लेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्डकोस्टमा छ।
टमले लेखेका छन्, ‘पहिले रुघामा जस्तो हामीले थकान महसुस गरेका छौं, जिउ दुखिरहेको छ, अलि अलि ज्वरो पनि आइरहेको छ।’