एजेन्सी- इरानस्थित विदेश मन्त्रीका सल्लाहकारको कोभिड-१९ (कोरोना भाइरस)का कारण मृत्यु भएको छ।
गत बिहीबार साँझ सल्लाहकार होसेन सेखोलेस्लामको कोरोनाको कारण मृत्यु भएको इरानी समाचारपत्र आइआरएनएले जनाएको छ।
अहिलेसम्म इरानमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय १३ पुगिसकेको छ भने १ सय ७ जनाको मृत्यु भइसकेको जनाइएको छ।
इरानी स्वास्थ्य मन्त्रीसहित अन्य ३३ सांसद पनि कोरोना संक्रमित भएको जनाइएको छ।