एजेन्सी- चीनमा कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या निरन्तर बढ्दै गएकाे छ। काेराेना भाइरसबाट चीनमा मर्नेहरूको संख्या ३५० पुगेकाे छ।
याे भाइरसबाट फिलिपिन्समा पनि एक व्यक्तिको मृत्यु भएकाे पुष्टि भएको छ। अहिलेसम्म चीनमा काेराेना भाइरस संक्रमणका १४ हजार घटना भएका छन्। यस्तै चीन बाहिर १५० बढी याे भाइरस संक्रमण भएका घटना पुष्टि भएका छन्।
भाइरसकाे संक्रमणबाट जाेगिन विश्वका धेरै देशहरूले चीनसँकाे सीमा नाका बन्द गरेका छन्।
चीनले काेराेना भाइरसकाे उपचारका लागि १००० शय्याकाे अस्पताल तयार पारेकाे छ। चिनियाँ सञ्चार माध्यमका अनुसार अस्पतालको निर्माण पूरा भएकाले सोमवारदेखि सेवा सुरु हुने छ। याे अस्पताल वुहान सहरमा बनाइएकाे छ।