काठमाडौं- चीनमा कोरोना संक्रमित एक बिरामी उपचार सफल भएपछि घर फर्किएका छन्।
बुधबार चीनको लायोनिङ प्रान्तका ती बिरामी स्थानीय अस्पतालमा गराएको उपचार सफल भएपछि निको भएर घर फर्किएका हुन्।
३३ वर्षीय युवा कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएको तर हाल उनी पूर्ण रूपमा ठीक भइ घर फर्किएको चिनियाँ समाचार संस्था सिजिटीभीले समाचार सम्प्रेषण गरेको छ।
उनमा ज्वरो आउने‚ कमजोर भएको महशुस हुने‚ टाउको दुख्नेजस्ता लक्षण देखा परेका थिए।
अस्पतालबाट बाहिरिँदै गर्दा अस्पतालमा आफू रहुन्जेल डाक्टर र नर्सहरूले गरेको मेहनत र मित्रवत् व्यवहारप्रति ती युवाले आभारी व्यक्त गरेका थिए।
कोरोना भाइरसका कारण चीनमा मात्रै १ सय ७० संक्रमितको ज्यान गइसकेको छ भने ७ हजार ७ सय ११ भन्दा बढीमा कोरोनाको संक्रमण देखिइसकेको छ।
चीन, जापान, भियतनाम, संगापुर र अमेरिकालगायत देशमा कोरोना संक्रमित बिरामी भेटिइसकेका छन्।
नेपालमा पनि कोरोना संक्रणका २ केस भेटिएको छ। तर सरकारी निकायले भने १ जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको दाबी गरेका छन्।