एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरससँग लड्न पूरै विश्व सचेत हुनुपर्ने जनाएको छ। डब्लुएचओका आपतकालीन स्वास्थ्य कार्यक्रमका प्रमुख डा. माइक रायनले चुनौती ठूलो भए पनि व्यापक रुपमा प्रतिक्रिया जनाइएको बताए।
कोरोना भाइरसलाई लिएर स्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भनेर डब्लुएचओको बैठक बस्दैछ।
चीनको वुहानमा फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वका १६ मुलुक प्रभावित भइसकेका छन्, जसमा थाइल्याण्ड, अमेरिका तथा अस्ट्रेलिया पनि छन्। नेपालमा पनि यसबाट २ जना संक्रमित भइसकेका छन्।
चीनमा यो संक्रमणबाट हालसम्म १३० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ६ हजार संक्रमित छन्।
डा. रायनले अन्तर्राष्ट्रिय विज्ञ समूह चीन गएर कसरी संक्रमण फैलियो भनेर अनुसन्धान गर्ने उल्लेख गर्दै संक्रमण रोक्न सकिने पनि बताएका छन्।