एजेन्सी- चीनमा देखा परेकाे कोरोना भाइरसकाे खतरा भारतमा पनि रहेकाे बताइएकाे छ।
भारतमा कोरोना भाइरसको संक्रमणकाे आशंकामा ११ जनालाई निगरानीमा राखिएको छ। जसमा केरलाका ७ जना छन्।
कोरोना भाइरसकाे संक्रमण अष्ट्रेलिया, युरोपसम्म पुगेको छ। फ्रान्सका तीन व्यक्तिमा यो संक्रमण पत्ता लागेको छ। चीनमा कोरोना भाइरसकाे संक्रमणबाट १५ जनाकाे मृत्यु भइसकेकाे छ।
शुक्रबारसम्म भारतमा चीनबाट आएका २० हजार यात्रुहरूको थर्मल स्क्रिनिंग गरिएकाे छ। ती मध्ये दुईजना संक्रमित हुन सक्ने आशंका गरिएकाे दैनिक भास्करले लेखेकाे छ। उनीहरुलाई मुम्बईस्थित कस्तुरबा गान्धी अस्पतालको विशेष वार्डमा चिकित्सककाे निगरानीमा राखिएकाे छ। अन्य केरलाका ८० व्यक्तिलाई उनीहरूको घरमा चिकित्सा रेखदेखमा राखिएको छ।
स्वास्थ्य विभागका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएकाे रिपोर्ट गरिएको छैन।