विशेषज्ञका अनुसार जन्मदा सामान्य तौल भएका पुरुषको तुलनामा कम तौल लिएर जन्मिएका पुरुषहरूमा बाँझोपनको समस्या देखिने सम्भावना प्रवल हुन्छ।
बेलायतमा जन्मदा कम तौल भएका पुरुषहरुमा गरिएको एक सर्वेले यस्तो देखाएको हो। सो सर्वे अनुसार सातजना कम वजन लिएर जन्मिएका पुरुषमा कम्तिमा एकजनामा बाँझोपनको समस्या देखिएको थियो। विशेषज्ञका अनुसार महिलामा भन्दा पुरुषमा बाँझोपनको समस्या ज्यादा हुन्छ।
‘कहिलेकाहिँ हामीले यौवनावस्थामा हुने रोगहरुको खोज सानै उमेरदेखि गर्नुपर्ने हुन्छ’ डेनमार्कस्थित आर्हस विश्वविद्यालयका खोज तथा अनुसन्धाता अन्नी थोर्स्टेडले बताए।
सन् १९८४ र १९८७ मा मानव प्रजननका बारेमा लेख लेखिरहँदा थोर्स्टेड र उनका सहयोगीले दुईवटा छुट्टाछुट्टै डेनिसका शहरहरूमा करीब ११ हजार व्यक्तिमाथि अध्ययन गरेका थिए।
सो लेख शिशुको तौल र भ्रूणावस्थाका बारेमा विशेष प्रकारले खोज गरेर लेखिएको थियो।
सन् २०१७ को अन्त्यसम्ममा कति जना बाँझोपनको समस्या लिएर आए‚ तीमध्ये कति जनाको जन्मदाको वजन सामान्यभन्दा कम थियो भनेर डेनमार्कको एक अस्पतालको रिपोर्ट हेरिएको थियो।
अस्पतालको रिपोर्टअनुसार बाँझोपनको समस्या हुनेमध्ये १० प्रतिशत पुरुषहरूको जन्मदाको वजन सामान्यभन्दा कम भएको पाइएको थियो।
महिलाहरुमा गरिएको अध्ययनमा भने उनीहरूको जन्मदाको वजनसँग बाँझोपनको सम्बन्ध नरहेको पाइएको छ।
जन्मदा सामान्य वजन भएका व्यक्तिको तुलनामा कम वजन भएका पुरुषहरुमा ५५ प्रतिशत बढी बाँझोपनको समस्या देखिएको अध्ययनले देखाएको छ।