सिंगापुर- सिंगापुर चिनीजन्य पेयपदार्थको विज्ञापनमा रोक लगाउने पहिलो देश बनेको छ। मधुमेह विरुद्ध कदम चाल्नको लागि धेरै चिनिजन्य पेयपदार्थको विज्ञापनमा रोक लगाउन लागेको हो।
सिंगापुरको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री एडविन टोङका अनुसार अस्वस्थ्य पेयपदार्थको विज्ञापन छापा, टेलिभिजन तथा अनलाइनमा प्रसारण हुन रोक लगाइने छ । उनले पत्रकार सम्मेलनमा यो निर्णय सबै जनताको सहमतिबाट आएको बताए।
अबदेखि हल्का पेयपदार्थ, जुस, कफी आदिको विज्ञापन गर्न पाइने छैन। मन्त्रालयले केही महिनामा उपभोक्ता र उद्योगको पनि राय लिने बताएको छ। मन्त्रालयले घोषणा गरेअनुसार पेयपदार्थ कम्पनीहरुले कलर कोड, पेयपदार्थमा चिनी र पोषणको मात्रा कति छ भनेर उल्लेख गर्नुपर्ने छ।
चिनीजन्य पेयपदार्थको अधिक सेवनले मोटोपन,मधुमेह र मुटुरोगको जोखिम बढाउने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार मानिसले एक दिनमा एक देखि दुई क्यान चिनीजन्य पेयपदार्थ प्रयोग गर्छन् जुन चाहिँ २६ प्रतिशतले मुधमेह बढाउन सक्छ।
त्यसैगरी अध्ययन के भन्छ भने १९७५ यता मानिसमा मोटोपन तेब्बर रुपले बढेको पाइएको छ। सिंगापुरमा बढ्दो जेष्ठ नागरिकको जनसंख्याले स्वास्थ्यको जोखिमको कम गर्नेमा चुनौती थपिएको छ। राज्यको मोटोपनको दर १९९० यता बढिरहेको पाइएको छ।
इन्टरनेशनल डायबेटिज फाउन्डेशनका अनुसार २०१७ मा ७ वयस्क मानिसमा कम्तीमा १ जनालाई मधुमेह भएको पाइएको छ। यो नयाँ नियम ल्याउनुभन्दा पहिले चिनीजन्य पेयपदार्थको प्रयोग कम गर्नुपर्छ भन्ने परामर्श दिइएको थियो जसमा ७० प्रतिशतले यसको सपोर्ट गरेका थिए।
मन्त्रालयले उद्योगहरुलाई स्वादमा मात्र ध्यान दिनुभन्दा स्वस्थ्यबद्र्धक बनाउन आग्रह गरेको छ ।सिंगापुरको कोकाकोला कम्पनीले यो निर्णयको स्वागत गर्दे चिनी प्रयोगमा कमी ल्याउने भनेको छ। कोकाकोला भन्छ ‘हामीले कम मात्रामा चिनी राखिएकाे पेयपदार्थ ल्याउने तयारीमा छौँ। किनकी हामी पनि स्वीकाछौँ धेरै चिनीको प्रयोग राम्रो होइन।’
सिएनएन