अछाम- बयालपाटा अस्पतालमा हालसम्मकै बढी संख्यामा महिलाहरुले संस्थागत सुत्केरी गराएका छन। साउन महिनामा बयालपाटा अस्पतालमा सुत्केरी गराउनेको संख्या ९५ पुगेको छ।
यो संख्या अस्पताल स्थापना पश्चातकै ठुलो भएको न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनले जानकारी दिए।
अस्पतालमा ११ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराईएको हो भने बाँकीले सामान्य अवस्थामा सुत्करी गराएका हुन्।
न्याय हेल्थ नेपाललले अस्पतालसंगै सामुदायिक स्वास्थ्य कार्यक्रमलाई पनि निरन्तर रुपमा संचालन गरिरहेको छ। जसको कारण समुदायमा बाल मृत्युदर कम हुँदै गएको छ भने संस्थागत सुत्केरीको दर बढ्दो क्रममा छ।
यसका साथै न्याय हेल्थ नेपालले पालिका स्तरिय स्वास्थ्य प्रणालीलाई समेत अगाडि बढाएको छ।