नयाँदिल्ली– उत्तरी भारतमा अनुसन्धानबाट एउटा अप्रत्यासित तथ्य सार्वजनिक भएको छ। भ्रुणको लिंग पहिचान गरेर गरिने गर्भपतनको बारेमा अध्ययन गर्दा सरकारले १ सय ३२ गाउँमा तीन महिनादेखि २ सय १६ जना बालिका नजन्मिएको तथ्यांक देखाएको छ।
उत्तराखण्ड, उत्तरकाँशी राज्यका अधिकारीका अनुसार जन्मदर निकै खतरनाक छ तर बालिका भ्रुण हत्या बढिरहेको छ।
भारतले सन् १९९४ मा लिंग पहिचान गरेर बालिका भ्रुण हत्या गरिनु गैरकानुनी हो भन्ने कानुन ल्याएको थियो तर पनि धेरै ठाउँमा अझै यो अभ्यास छ, जहाँ छोरालाई परिवार पाल्ने मान्छेको रुपमा हेर्छन् भने छोरीलाई दाइजो दिनुपर्ने भनी महँगो अंशको रुपमा हेर्छन्।
सन् २०११ मा गरिएको पछिल्लो जनगणनाअनुसार प्रति १००० पुरुषमा ९ सय ४३ जना मात्र महिला भेटिए।
उत्तरकाँशीका जिल्ला अधिकारी आशीष चौहानका अनुसार स्थानीय स्वास्थ्य विभागले ती क्षेत्रमा गरेको अध्ययनमा बालिका जन्मदर शंकास्पद देखिनुका साथै लिंग पहिचान गरेर गर्भमा छोरी भएको थाहा पाएर भ्रुण हत्या बढ्दो क्रममा रहेको देखाएको छ।
१ सय ३२ गाउँ जहाँ ३ महिनाको अवधिमा एउटै छोरी जन्मिएका छैनन् । ती क्षेत्रलाई रेड जोन भनी तोकिएको छ। ताकि स्थानीय तथ्यांकको राम्ररी जाँच गरियोस् र स्वास्थ्य कार्यकर्ताहरुलाई सतर्क रहन आग्रह गरिएको छ। चौहान भन्छन्, ‘जो अभिभावक लिंग पहिचान गरेर छोरी भ्रुण हत्याको प्रयास गर्नेछन्, उनीहरु कानुनी प्रक्रियामा जानुपर्ने छ।
विधान सभा सदस्य गोपाल रावतका अनुसार यो एकदमै अचम्म लाग्दो कुरा हो कि, यो जिल्लाका १ स ३२ गाउँमा बालिकाको जन्मदर शून्य रहेको छ, यस्तो घटना अरुतिर सुनेको छैन। मैले स्वास्थ विभागसँग यो डरलाग्दो अवस्थाको मुख्य कारण र समाधानको लागि गम्भीर भएर लाग्नुपर्छ भनेको छु।
उनले यो ट्रेन्डलाई उल्ट्याउन वृहत जनेचतना कार्यक्रम पनि गर्ने जानकारी दिए।
पछिल्लो भारतीय सरकारको रिपार्टअनुसार ६३ मिलियन महिला जनसंख्या छोराको चाहनाले रिपोर्टमा हराएको देखिन्छ।
रिपार्टले भारतीय समाजमा छोराको उच्च चाहनाले यो समस्या निम्त्याएको बताउँछ।
भारतको पितृसत्तात्मक समाजमा छोरालाई बुढेसकालको सहारा र अन्नदाताको रुपमा हेरिन्छ भने अर्कोतर्फ छोरी जन्मिनु बोझको रुपमा हेरिन्छ, किनकि उनीहरुलाई विवाहमा टन्न दाइजो दिनुपर्छ। यो प्रथा भारतले सन् १९६१ मा प्रतिबन्ध लगाइसकेको छ।
पछिल्लो वर्ष महाराष्ट्रको छेउछाउका अस्पतालमा प्रहरीले १९ छोरी भ्रुणको गर्भपतन गरेको पत्ता लगाएको थियो। एक महिलाले अवैध गर्भपतन गराउँदा ज्यान गएकोको केसको शिलशिलामा यो तथ्य फेला परेको थियो।