एजेन्सी- पश्चिम बंगालमा मंगलबार चिकित्सकमाथि हमला भएको विरोधमा महाराष्ट्रका चिकित्सकहरु हड्तालमा उत्रेका छन्।
पश्चिम बंगालको कोलकत्ताको एनआरएस मेडिकल कलेजमा उपचार गराइरहेका ७४ वर्षीय वृद्धको मृत्यु भएपछि मृतकका आफन्त आक्रोशित भएका थिए। उनीहरुले डाक्टरको लापारवाहीले मृत्यु भएको आरोप लगाउँदै दुई जना जुनियर डाक्टरलाई पिटेका थिए।
हमलाको विरोधमा शुक्रबार दिल्ली र महाराष्ट्रमा डाक्टरहरुले हड्ताल गर्ने भएका छन्।
इन्डियन रिपोर्टका अनुसार दिल्लीको एम्स, मौलाना आजाद मेडिकल कलेज र सफदरजंग अस्पतालका रेजिडेन्ट डाक्टरहरु शुक्रबार हड्ताल गर्ने भएका छन्। त्यसैगरी शुक्रबार बिहानदेखि एमस र सफदरजंग मा नयाँ बिरामीको दर्ता पनि बन्द गराएका छन् तर पुरानोलाई भने ओपिडी खुला रहेको छ।
हड्तालमा दिल्ली मेडिकल एसोसिएसन तथा डाक्टरका अन्य अरु संगठनले पनि यसमा एक्येबद्धता जनाएका छन्। शुक्रबार दिल्ली र महाराष्ट्र समेत गरी देशभर हड्तालको आह्वान गरेका छन्।
त्यसैगरी हमलाको विरोधमा दिल्ली मेडिकल एसोसिएनले पुरै दिल्लीमा मेडिकल बन्द गर्ने आह्वान गरेको छ भने दिल्लीका एम्सका डाक्टरले टाउकोमा पट्टी बाँधेर र हेल्मेट लगाएर विरोध जनाएका छन्।
घटनाका अनुसार करिब २ सय जनाको संख्यामा मानिसहरुले आएर अस्पताल परिसरमा हुलदंगा गरेका थिए जसमा दुई जना जुनियर डाक्टर सख्त घाइते भएका थिए।