भारत– बलिउडकी चर्चित कोरियाग्राफर तथा फिल्म निर्माता फराह खानले आफ्नो फिल्मका कुनै पनि पात्रले धुम्रपान सेवन नगर्ने बताएकी छिन्।
फराहले भनेकी छिन्, 'एक फिल्म निर्माताका हिसाबले म यस्तो फैसला गरिरहेकी छु कि अगामी दिनमा मेरो फिल्ममा कसैले धुम्रपान गर्नेछैन।
आफ्ना फिल्ममा कलाकारले धुम्रपान गरेको बिरलै भेटिने बताउँदै 'ओम शान्ति ओम' मा अर्जुन रामपालको चरित्रका कारण धुम्रपान गराउन बाध्य भएको बताएकी छिन्। आगामी दिनमा भने जुनसुकै परिस्थितमा पनि धुम्रपान नगराउने बाचा गरेकी छिन्।
फराहका निकटका साथी साहरुख खान धुम्रपान गर्छन्। उनीहरुले धेरै फिल्ममा सँगै काम गरेका छन्। शाहरुखले धुम्रापान नगर्न सुझाउने विषयमा उनको धारणा छ, 'हरेक व्यक्ति आफ्ना लागि उत्तरदायी हुन्छ। उनी आफैं परिपक्व व्यक्ति हुन्। मैले सल्लाह दिन पर्दैन।'
फराह खान चाँडै रोहित शेट्टीसँग मिलेर फिल्म बनाउँदैछिन्। यो फिल्म 'सत्ते पे सत्ता' को रीमेक हो। यो फिल्म फराह खान निर्देशन गर्दैछिन्।
खान हालै क्यान्सर प्यासेन्ट एड एसोसिएशन' की सदस्य बनेकी छिन्। यो संग७न धुम्रपान सेवन गर्दा हुन हानीका विषयमा सचेतना फैलाउँछ।